Logo
Logo

सुनकोशी मरिन ठेक्का रद्द प्रक्रियाका सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन निर्देशन


0
Shares

काठमाडौं । सार्वजनिक लेखा समितिले  सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन निर्देशन दिएको छ । मङ्गलवार बसेको समितिको बैठकमा समिति सभापति भरत खड्काले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

The current image has no alternative text. The file name is: lekhasamiti.jpg

उनले सम्पूर्ण कागजात सात दिनभित्र प्राप्त भएपछि थप अनुसन्धान गरी छलफल गरिने बताए । टेन्डरका सबै प्रक्रिया पूरा भई अन्तिम चरणमा पुगिसकेको अवस्थामा ठेक्का रद्द गरिएको भन्दै उजुरी परेपछि समितिले यसबारे छलफल अगाडि बढाएको हो ।

उजुरीमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रियागत रूपमा त्रुटिपूर्ण ढङ्गले अन्तिम समयमा रद्द गरिएको दाबी गरिएको छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000