
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । आज चुनदेवीमा बसेको देउवा पक्षका नेताहरूको बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारी समिति गठनको जिम्मेवारी नेता शशांक कोइरालालाई दिएको छ ।
नेता जीतजंग बस्नेतले कोइरालालाई महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी दिएको जानकारी दिए । कोइरालाले भोलिसम्म विभिन्न समितिका संयोजकहरू तोक्ने तयारी गरेका छन् । संयोजक चयनपछि उनीहरूले आ–आफ्नो समितिमा सदस्यहरू राखेर काम सुरु गर्ने बताइएको छ ।
महाधिवेशन व्यवस्थापनका लागि व्यवस्थापन समिति, स्वयंसेवक परिचालन समिति, मञ्च व्यवस्थापन समितिलगायत करिब १५ देखि २० वटा समिति गठन गर्ने तयारी छ ।


















