काठमाडौं । एनएमबि बैंक लिमिटेडले दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । भिजा लिडरसिप कन्क्लेभमा डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पु¥याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई अवार्ड दिइएको हो । बैंक ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन‘ र ‘एक्सिलेन्स इन कन्जुमर डेबिट कार्डस् बिजनेस, प्रिन्सिपल क्लाइन्ट’बाट सम्मानित भएको छ ।

यस सम्मानले ग्राहकको दैनिक वित्तीय कारोबारलाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्दै लगेको बताइएको छ । साथै, डिजिटल बैंकिङको क्षेत्रमा बैंकले चाल्दै आएका नवीनतम पहल र निरन्तर प्रयासलाई थप पुष्टि गरेको बैंकको भनाइ छ ।
बैंकले आफ्नो भरपर्दो डेबिट कार्ड सेवा र आधुनिक डिजिटल बैंकिङ सेवामार्फत स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको छ । बैंकका अनुसार प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु मुख्य प्राथमिकता रहेको छ ।
यस बैंकले सातै प्रदेशमा एक सय ९६ शाखा, एक सय ७६ एटिएम र नौ एक्सटेन्सन काउन्टरमार्फत बंैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


















