
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति राममचन्द्र पौडेलसँग् भेटवार्ता गरेका छन् । लामिछानेले आज शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच सरकार, संसद, अध्यादेश र समसामयीक राजनीतिबारे छलफल भएको रास्वपा सचिवालयले जनाएको छ ।
यसअघि बिहीबार लामिछाने र प्रधानन्त्री बालेन शाहबीच पनि बुढानिलकण्ठमा भेटवार्ता भएको थियो । त्यसक्रममा उनीहरूबिच पाँच घण्टा भेटवार्ता भएको थियो । तर प्रधानमन्त्री शाहले भने राष्ट्रपतिलाई भेट्ने परम्परा तोडेका छन् ।
गत साता भारत भ्रमण गरेका शाहले त्यसबारे भ्रमणअघि र पछि पनि राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका छैनन् । यसअघि प्रधानमन्त्रीले विदेश जाँदा र फर्किँदा राष्ट्रप्रमुखलाई ‘ब्रिफिङ’ गर्ने प्रचलन थियो । तर, बालेनले भने यो प्रचलन तोडेका हुन्।



















