
काठमाडौं । सरकारले एक सहसचिव पदमा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको छ । सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै सहसचिव वा सो सरह श्रेणी, नेपाल लेखापरीक्षण सेवामा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा हुने १ सहसचिवका लागि चार जनाको नाम सिफारिस गरेको हो ।
सहसचिव बढुवाको लागि सिफारिस हुनेहरुमा रघुपति महत, महेश पौड्याल, दिनेश मिश्र र कुलचन्द्र भण्डारी छन् । उनीहरूलाई ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।



















