Logo
Logo

सत्ता साझेदारीका लागि जसपाले कार्यदल बनाउने, उधारोमा सहमति नगर्ने


दृष्टि संवाददाता


काठमाडाैँ ।  जनता समाजवादी पार्टी (जसपा) ले सत्ता साझेदारीका लागि पाँच सदस्यीय कार्यदल गठन गर्ने भएको छ । समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले एमाले,कांग्रेस र माओवादी केन्द्रसँग वार्ताका लागि कार्यदल बनाउने भएको हो ।

कार्यदलमा रहनेहरूको नाम बुधबार सार्वजनिक गरिने जसपाका सांसद महम्मद इस्तियाक राईले जानकारी दिए । ’हामीले कार्यदल बनाउने भएका छौं। त्यो कार्यदलले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता अनि लाल आयोगको प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल गर्छ’ उनले भने ।

उधारोमा कसैसँग सहकार्य नगर्ने
जसपाका नेता राजेन्द्र महतोले सत्ता समीकरणका लागि सबै दलसँग छलफल गर्न आफ्नो दल खुला रहेको बताएका छन् । नेकपा एमालेसँग सत्ताका विषयमा वार्ता भइसकेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महतोले भने ‘हामी अब उधारोमा कसैसँग पनि सहकार्य गर्दैनौं ।

विगतका अनुभवमा आधारित रहेर अघि बढ्छौं । पार्टीका तर्फबाट औपचारिक कार्यदल बनाएरै सबै पक्षसँग छलफल गर्छौं,’ ।

 

प्रतिक्रिया दिनुहोस्