Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : जसपालाई एमालेको उपसभामुख प्रस्तावदेखि प्रचण्डको दिनभरको कसरतसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१.  नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)ले बनाए संयुक्त कार्यदल, सत्ता सहकार्यलगायतका विषयमा वार्ता गर्न एमालेकोे तर्फबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा राजन भट्टराई, जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण, पार्टीभित्र थाहै नदिई सहकार्यका लागि अघि बढेकोमा महन्थ ठाकुरसँग नेताहरू असन्तुष्ट, उपसभामुख लिन अध्यक्ष केपी ओलीको प्रंस्ताव ।

२. सर्वोच्चको आदेशपछि व्यवहारिक रुपमै सक्रिय भयो माओवादी पनि, केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्यो तीन वर्षपछि पहिलो स्थायी कमिटी बैठक, कांग्रेस र जसपासँग सहकार्य गरेर अघि बढ्ने निर्णय, सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा भने मौन ।

३. माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेस सभापतिसँग छलफल गर्न बुढानिलकण्ठ, सहकार्यका विषयमा छलफल, मन्त्री हटाउने विषयमा कुनै निर्णय नगरेकोमा शेरबहादुर देउवाको असन्तुष्टी, जसपाका अध्यक्ष बाबुराम भट्टराईसँग पनि छलफल ।

४. सत्ता साझेदारीका विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग कार्यदल बनाएर छलफल गर्ने जसपा संसदीय दलको बैठकको निर्णय, उधारोमा कुनै पनि दलसँग सहकार्य र सम्झौता नगर्ने निष्कर्ष, रेशम चौधरी, संविधान संशोधन लगायतका माग दुवै दलसँग छलफलको एजेन्डा बन्ने ।

५. निर्वाचन आयोगद्वारा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह, यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन आग्रह गरिएको आयोगद्वारा जानकारी, एमाले र माओवादी केन्द्र कायम भएको निर्वाचन आयोगद्वारा संसद्लाई जानकारी ।

६. बैतडीको दोगडाकेदार गाउँपालिका–७, कतोलाकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइयो, जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासद्वारा १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश ।

७. सरकारद्वारा राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर नियुक्त, मन्त्रिपरिषद बैठकद्वारा डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त, डेपुटी गभर्नर बनेकी ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् भने बमबहादुर मिश्र विदेशी विनियम विभाग कार्यकारी निर्देशक हुन् ।

८. डिमान्ड र सप्लाइले शेयर बजारमा काम गर्न छोड्यो, बेच्ने भन्दा किन्ने बढी हुँदा पनि बजार घट्यो, ५ अर्ब रुपैयाँमाथिको शेयर कारोवार, ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा साढे पाँच गुणा बढी आवेदन, १५ लाख ७० हजारले गरे आवेदन, सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट, मंगलबार प्रतितोला ८५ हजार ६ सय, चाँदी पनि घट्यो ।

९. शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम लिग खेलमा श्री भगवती क्लबले विजयी, ब्वाइज युनियन दुईका विरुद्ध एक गोल अन्तरले पराजित, कुमारी क्लबद्वारा टुसाल चारका विरुद्ध शून्य गोल अन्तरले पराजित, काठमाडौंमा जारी मेयर कप एकदिवशीय पुरुष क्रिकेटमा वागमतीद्वारा एपीएफ २७ रनले पारजित, पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता आयोजना हुने ।

१०.र, अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले १३ देशमाथि लगाएको प्रतिबन्ध अमेरिकी विदेश विभागद्वारा फुकुवा, भिसाका लागि पुनः आवेदन दिन आह्वान, विदेश यात्रामा कोरोना खोप अनिवार्य नगर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आग्रह, ट्यूनिसियामा डुंगा डुब्दा ३९ आप्रबासीको मृत्यु, १ सय ३९ को उद्दार ।

प्रतिक्रिया दिनुहोस्