Logo
Logo

‘गुटगत स्वीकादिँदैन, व्यक्तिगत कुुरा राख्नुहोस्’


दृष्टि संवाददाता


फाइल तस्बिर

काठमाडौं । नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
शनिबार समूहका तीन सांसद सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुगेका हुन् । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा आफ्नो कुरा राख्न आग्रह गरेका छन् ।
समूहका एक नेताका अनुसार प्रधानमन्त्रीले उनीहरुलाई भने, ‘कुनै पनि गुटगत र सामूहिकरुपमा आएको प्रस्ताव स्वीकारिँदैन । व्यक्तिगत ढंगले आएर आफ्नो कुरा राख्नुहोस् ।’ शनिबार अध्यक्ष ओलीले दलको बैठकमा नेपाल समूहलाई पनि बोलाएको थियो । तर, नेपाल समूहले बहिस्कार गरेको छ ।
पार्टीका बरिष्ठ नेता वामदेव गौतम भने बैठकमा सहभागी भएका थिए । पार्टी एकताको कुरा राख्ने भन्दै दलको बैठकमा सहभागी भएका गौतमलाई उल्टै ओलीले एकताको कुरा नगर्न सुझाव दिएका छन् । नेपाल र खनाल पार्टी एकताको पक्षमा नरहेको भन्दै ओलीले गौतमलाई यस्तो सुझाव दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्