Logo
Logo

अब काँग्रेस टुलुटुलु हेरेर बस्दैन, सरकार बनाउन प्रयास गर्छ : गगन थापा


दृष्टि संवाददाता


सुर्खेत । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले कम्युनिष्टहरुले देशमा अपराध गरिरहेको दावी गरेका छन् ।

आफ्नो आन्तरिक लडाइँले यति लामो समयसम्म देशलाई अन्योलमा राख्ने काम कम्युनिस्टले गरेको आरोप लगाउँदै उनले त्यस्तो अपराध रोक्ने काम कांग्रेसको काँधमा आएको बताए ।

शनिबार सुर्खेतमा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गदै उनले भने ,‘ अब, काँग्रेस टुलुटुलु हेरेर बस्न सक्दैन । सरकार बनाउन प्रयास गर्छ । हाम्रो जस्तो पार्टीले यो अबस्थामा सरकार बनाउने निर्णय गर्नुपर्छ ।’

ओली सरकारको आयु सकिएको संकेत गर्दै उनले काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा थापाले राखे । फरक प्रसङ्गमा थापाले युवाहरुलाई देशमै रोजगारीको अवसरहरू प्रदान गरिनुपर्ने बताए ।

‘लाखौँ युवाहरु विदेशमा हुनुहुन्छ । उहाँहरुको पठाएको पैसा सिंहदरबारमा जम्मा गरेर कम्युनिष्टहरुले वृद्धभत्ता ५ हजार बढाउँछौँ भनेर नारा फिँजाइरहेका छन् । त्यो कम्युनिष्टहरुको मूर्खता हो,’ थापाले भने ।

युवाहरुले नै पठाएको पैसा वृद्धभत्ता भनेर बाँड्ने नभइ त्यी युवालाई देशमै रोजगारी दिनुपर्ने उनले धारणा राखे । साथै उनले अब काँग्रेसपनि सच्चिने बेला आएको बताए ।

प्रतिक्रिया दिनुहोस्