Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : ओलीलाई एक्लौटी अधिकारदेखि आइलाग्यो भने प्रधानमन्त्री बन्ने देउवाको चाहनासम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. पार्टी भित्र एक्लौटी निर्णय गर्दै आएका नेकपा एमालेका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीले सासंद र नेता हटाउन सक्ने गरी एक्लौटी अधिकार लिए, केन्द्रीय कमिटी बैठकले समानुपातिक सांसद र पार्टीका केन्द्रीय सदस्या कारवाही गर्ने एक्लौटी अधिकार दियो, एक्लौटी निर्णयमा कारवाही गर्नसक्ने अधिकार लिएर ओली निरंकुश बन्न खोजेको भन्दै आलोचना ।

२. पार्टी अध्यक्ष केपी ओलीसँग एकताको हात बढाउन तयार रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको भनाइ, एकता गर्न तयार भए पनि अवैधानिक रुपमा भएका निर्णयहरु मानेर लुरुलुरु बालुवाटार नजाने अडान, ओलीसँग आफ्नो ४८/४९ वर्ष लामो सम्बन्ध रहेकाले छुटिहाल्ने चाहना नरहेको धारणा ।

३. नेकपा एमाले संसदीय दलको विधान संशोधनसहित पारित, शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले पारित गर्यो, संशोधित विधानमा २९ सदस्यीय संसदीय बोर्ड हुने र एकतिहाइ महिला अनिवार्य हुनुपर्ने, नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका ३८ सांसदबाट पाँचबुँदे लिखित असहमति ।

४. पार्टीको हित विपरित गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूह केन्द्रीय कमिटीको निर्णय, माधव–झलनाथ समूहका नेता भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिने, ओलीको हैसियत अनुसार निर्णय भएको नेता घनश्याम भुषालको प्रतिकृया ।

५. नेकपा विभाजनविरुद्ध नेकपा एकता अभियान संचालन गर्दै आएका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकममा सहभागी, आफू राष्ट्रपतिबाट चुनिएकाले दलको ह्वीप नलाग्ने दावी, ह्वीप नलाग्ने भए पनि दलको निर्देशनभन्दा बाहिर नजाने प्रतिवद्धता ।

६. कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको भनाइ, प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको धारणा, प्रधानमन्त्रीका लागि जिम्मेवारी आए पछि नहट्ने ।

७. केपी शर्मा ओलीलाई एक दिन पनि सत्तामा रहन दिन नहुने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, ओलीलाई सरकारको नेतृत्व गर्न दिइरहनु भनेको मुलुकलाई बर्बादीतिर धकेल्नु रहेको धारणा, राजनीतिक अन्यौलतालाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई मिलाएर निकास दिनुपर्नेमा जोड ।

८. संसदप्रतिको विश्वासमा घात नहुने प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको भनाइ, कानुन निर्माणमा चुनौती सामना गर्दै संसदप्रतिको विश्वासमा घात पर्ने गरी काम नहुने प्रतिवद्धता, छलफल, बहस, वादविवाद र संवादबाट संसद् अघि बढ्ने धारणा ।

९. पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना पुष्टि, श्रीलङ्काको मोनेरागला–बडुल्ला गुडिरहेको बस भीरबाट खस्दा १४ जनाको मृत्यु, ३० जना घाइते, जापानमा ६.९ शक्तिशाली भूकम्प, सुनामीको चेतावनी ।

१०. र, दोस्रो वीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको उपाधि १३ औं सागका स्वर्ण पदक विजेताद्वय सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीलाई, शहीद स्मारक सी डिभिजन लिग फुटबलमा विरगंज युनाईटेड क्लब र प्लानिङ ब्वाइज युनाईटेडले बराबरीमा रोकियो, विरगंज युथ एकेडेमीले महाबिर युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्याे ।

 

प्रतिक्रिया दिनुहोस्