Logo
Logo

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक पुरस्कृत


दृष्टि संवाददाता


काठमाडौं, ८ चैत ।
बेरुजु फस्र्यौटमा उत्कृष्ट काम गर्ने गृह मन्त्रालय अन्र्तगतका निकाय पुरस्कृत भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार पुरस्कृत गरेका छन् ।
नेपाल प्रहरीका आइजिपी शैलेन्द्र थापा क्षेत्री तथा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल पुरस्कृत भएका छन् ।

नेपाल प्रहरीले ९१ प्रतिशत तथा सशस्त्र प्रहरीले ६१.९२ प्रतिशत बेरुजु फस्र्यौट गरेको छ । गृह मन्त्राललयले ७६.८७ प्रतिशत बेरुजु फस्यौट गरेकोमा मन्त्रालयका कर्मचारीहरु पनि पुरस्कृत भएका छन् । गृहसचिव महेश्वर न्यौपाने पनि पुरस्कृत भएका छन् ।

जिल्ला प्रशासनतर्फ नुवाकोट, काठमाडौं र काभ्रे उत्कृष्ट भएका छन्। नुवाकोटका तत्कालिन सिडिओ द्रोण पोखरेल, काठमाडौंका जनकराज दाहाल तथा काभ्रेका श्रवण तिमल्सिना पुरस्कृत भएका छन् ।


गृहमन्त्रीले पुरस्कृतहरुलाई बधाई तथा शुभकाकना दिदै बेरुजु फछ्र्यौट सुशासन, प्रशासनिक कार्य प्रणाली र देश विकाससँग जोडिएको बताए । पुरस्कारसँगै आगामी वर्ष बेरुजु फछ्र्यौटमा यो वर्षभन्दा थप फछ्र्यौट निकाल्ने दायित्व पुरस्कृत व्यक्तित्वहरुमा थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्