Logo
Logo

एमालेमा युवामा पनि समानान्तर कमिटी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेमा जनसंगठनहरुमा समेत समानान्तर कमिटी बनाइन थालेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले जनसंगठनहरुमा समानान्तर कमिटी बनाउन थालेको हो ।
यसअघि ६ चैतमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनेको थियो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि नेपाल र खनाल समूहले पनि जयन्ती राईको नेतृत्वमा छुट्टै अनेम संघ बनाएको छ ।
अनेम संघपछि युवा संघमा पनि समानान्तर कमिटी बनाइएको छ । नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाइएको छ । यो समूहले क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जीएम महासचिव चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्