Logo
Logo

स्पष्टीकरण सोध्‍नेहरू स्वयं लाखौं प्रश्नको घेरामा छन् : योगेश भट्टराई


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका माधवकुमार नेपालपक्षीय नेता योगेश भट्टराईले आफ्नो समूहका नेतालाई स्पष्टीकरण सोध्‍ने प्रधानमन्त्री केपी शर्मा ओली समूह नै लाखौं प्रश्नको घेरामा भएकाे बताएका छन् ।

गत शनिबारको केन्द्रीय समिति बैठकबाट ओलीपक्षले वरिष्ठ नेता नेपालसहित चारजनालाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको थियो। ओलीपक्षले बोलाएको केन्द्रीय कमिटी बैठकले नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डेय र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको थियो ।

स्पष्टीकरण सोध्‍ने ओलीपक्षलाई प्रतिवाद गर्दै नेता भट्टराईले ट्‍विटरमा लेखेका छन्,‘सोध्‍नेहरु (ओली पक्ष) स्वयं लाखौं प्रश्नको घेरामा छन् ।’ शनिबारको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा माधवपक्षले बहिष्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्