Logo
Logo

अध्यादेश अड्काउने पक्षमा छैन : सभामुख सापकोटा


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएको अध्यादेश अड्काउने पक्षमा आफू नरहेको बताएका छन्। सोमबार सिंहदरबारमा पत्रकारहरुसँग छलफल गर्दै उनले आफूले सरकारलाई सहयोग गर्नैपर्ने बताउँदै अध्यादेश अड्काएर राख्ने अवस्थामा आफू नरहेको बताएका हुन् ।

‘सबै अध्यादेश आवश्यक छन्। टेबल गर्नुपर्छ। जगजाहेर नै छ, लुकेको विषय नै छैन। तटस्थ र निष्पक्षतामै मेरो बल छ। सरकारले ल्याएका विषय अड्काउने भन्नेमा म छैन। मैले सरकारलाइ सहयोग गर्नैपर्छ।’ उनले भने ।

अधिवेशन सुरुवात भएको पहिलो दिनमा नै अध्यादेश टेबल गर्नुपर्ने व्यवस्था छ। तर, गत फागुन २३ गते सुरु भएको संसद् अधिवेशनमा केही अध्यादेश टेबल हुन सकेका थिएनन् ।

जसलाई लिएर प्रधानमन्त्री र मन्त्रीले सभामुखको कार्यशैलीमाथि आपत्ति जनाएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठकमा सभामुखको भूमिकामाथि नै प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्