Logo
Logo

तिहारमा चार दिन विदा, घटनास्थापना, जनैपूर्णिमा र माघे संक्रान्तिमा पनि राष्ट्रिय विदा (गृह मन्त्रालयको सुचनासहित)


दृष्टि संवाददाता


काठमाडौं ।  सरकारले चाडपर्व बिदा थप गरेको छ । वि.स २०७८ मा विगतमा भन्दा चार दिन बिदा दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार जनैपूर्णिमा, दशैंको घटनास्थपना र माघे संक्रान्तिमा समेत मुलुकभरी विदा दिने निर्णय ५ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । साथै तिहारको भोलिपल्ट पनि विदा थप गरिएको छ । विगतमा तिहारमा तीन दिन विदा दिने गरिएकोमा आगामी वर्ष चार दिन हुने भएको छ ।

आगामी वर्षका विदासम्बन्धि विवरण सोमबार सार्वजनिक राजपत्रमा सूचना प्रकाशन गरि सार्वजनिक गरिएको छ । सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना तथा १ माघको माघे संक्रान्तिमा देशभरी विदा हुनेछ । साथै तिहारको भाइटिकाको भोलिपल्ट २१ कात्तिकमा पनि देशव्यापी बिदा हुने भएको छ । विभिन्न जनजातीले आफुहरुको चाडमा राष्ट्रिय विदा दिन माग गरेपनि सम्बन्धित धर्मावलम्बीलाई मात्र दिने विगतको प्रावधानलाई कायमै राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै छलफल गरेर चाडपर्वका विदा तय गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

अन्य विदा यथावत्
अन्य सार्वजनिक विदा भने यथावत् राखिएका छन् । ५२ वटा शनिबार बाहेक बैशाख १ को नयाँ वर्षमा विदा हुने छ । त्यस्तै महाशिवरात्री र फागूपूर्णिमामा दिदै आइएको मुलुकभरी विदा कायमै राखिएको छ ।
आगामी वर्ष असोजको अन्तिम साता दशैं छ । २६ असोजमा फूलपाती, २७ मा महाअष्टमी, २८ मा महानवमी र २९ असोजमा विजया दशमी छ । दशैंको भोलिपल्ट पनि सार्वजनिक विदा दिने गरिएकोमा ३० असोजमा शनिबार परेको छ ।
तिहारमा तीन दिन बिदा हुनेमा आगामी वर्ष चार दिन हुने छ । १८ कात्तिकमा लक्ष्मी पूजा, १९ कात्तिकमा गोरु तिहार तथा २० कात्तिकमा भाईटिका छ, २१ कात्तिकमा पनि सरकारले बिदा दिने निर्णय गरेको छ ।
राष्ट्रिय दिवस अन्र्तगत १५ जेठको गणतन्त्र दिवस, २१ जेठमा पर्ने जातीय भेदभाव तथा छुवाछुत उन्मुखल राष्ट्रिय दिवसको अवसरमा पनि विदा कायम राखिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, विश्व मजदुर दिवस, संविधान दिवस र अन्र्तराष्ट्रिय महिला दिवसको देशव्यापी विदा कायमै छ । जन्मजयन्तीमध्ये बुद्ध जयन्तीमा मात्र सबैलाई सार्वजनिक बिदा हुने छ ।

गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडो जात्रामा उपत्यकामा मात्र विदा हुने छ ।
उभौली, गौरा पर्व, इदुल फित्र, इदुल जोहा, क्रिसमस, तमु ल्होसार, सोना ल्होसार, ग्याल्पो ल्होसार, सिरुवा पावनी, धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित धर्मसंस्कृती तथा भौगोलिक क्षेत्रकाले मत्र विदा पाउनेछन् ।
सार्वजनिक विदा हरेक वर्ष हेरफेर हुँदै आएको छ । केपी ओली नेतृत्वको सरकार बनेलगत्तै चाडपर्वका विदा कटौती गरिएकोमा फेरि थप्न थालिएको छ । धेरै दिन सार्वजनिक विदा हुँदा अर्थतन्त्रमा त्यसको असर पर्ने भन्दै तीन वर्षअघि विदा कटौती गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्