Logo
Logo

ओलीद्वारा सर्न लागेको पार्टी कार्यालयको निरीक्षण


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय थापाथलीमा सर्ने भएको छ । आगामी १ वैशाखदेखि कार्यालय थापाथलीमा सर्न लागेको हो । बुधबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्न लागेको पार्टी कार्यालयको निरीक्षण गरेका छन् ।
एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय सारिएको थियो । थापाथली हाइटस्थित सेन्ट जेभियर्स कलेजनजिकैको रहेको दुई तले भवनमा १३ कोठा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्