Logo
Logo

एमाले नयाँ पार्टी कार्यालयको रिसेप्सनिस्टमा ‘परी’


दृष्टि संवाददाता


तस्बिर/नेपालप्रेस

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ । जहाँ आगन्तुकहरुलाई रोबोटले स्वागत गर्ने छ । कायार्लय बैशाख १ गते सर्ने भएकाे हाे ।
उक्त रोबोटले मानिसले सोधेका प्रश्नको जवाफसमेत दिन सक्नेछ । रोबोटको नाम ‘परी’ दिइएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई सम्पर्क गर्न पैसा नलाग्ने नम्बर ११११ रहेको छ ।
रोबोटले प्रधानमन्त्री ओलीलाई नेपालका राष्ट्रवादी नेताको रुपमा आगन्तुकलाई परिचय गराउनेछ । यो रोबोट नेपालमै बनेको हो ।

प्रतिक्रिया दिनुहोस्