Logo
Logo

भारतबाट कैलाली प्रवेश गरेका ११ जनामा कोरोना पुष्टि


दृष्टि संवाददाता


धनगढी । गौरीफन्टा नाका हुँदै भारतबाट कैलाली प्रवेश गरेका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक साता यता गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा सङ्क्रमण पुष्टि भएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

सङ्क्रमण बढ्न थालेपछि अहिले सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणको मात्रा पनि बढेको छ । मङ्गलवार मात्र ३१ जनाको कोरोना परीक्षण गरिएको छ । ‘केही दिनअघिसम्म दैनिक १५ देखि २० जनासम्म परीक्षण भइरहेको थियो ।

नेपालबाट रोजगारीका लागि भारत पलायन भएकाहरू कोरोनाका सङ्क्रमण र लकडाउनका कारण पुन नेपाल फर्किन थालेका छन् ।
गौरीफन्टा नाकामा स्थापना गरिएको कोभिड–१९ परामर्श तथा परीक्षणमा खटिएका गणेश साउदले पछिल्लो केही दिनयता नेपाल फर्किनेहरूको सङ्ख्या ह्वात्तै बढेको बताए ।

धनगढी उपमहानगरपालिकाले भारतबाट आउनेलाई १० दिन सम्म क्वारेनटिनमा राखेर घर पठाउने विषयमा छलफल थालेको छ ।
‘हामीले १० दिन सम्म यहाँ राखेर पठाउने विषयमा छलफल थालेका छौँ,’ स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘तर अहिले सम्म त्यसो गरेका भने छैनौँ ।’

प्रतिक्रिया दिनुहोस्