Logo
Logo

माधव पक्षले बोलायो शुक्रबार केन्द्रीय सदस्य बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले शुक्रबार (भोली) केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । पार्टीभित्र देखिएको विवाद र नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको नेता राजेन्द्र राईले जनाए । उनका अनुसार बैठक बिहान ११ बजे बोलाइएको हो ।


नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरुको उपस्थितमा ७ चैतमा बसेको बैठकले नेता नेपालसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
नेता नेपाल समूहका नेताहरुका अनुसार स्पष्टीकरणको जवाफ तयार भइरहेको छ । यसका लागि नेपाल समूहका स्थायी कमिटी सदस्यहरुबीच बुधबार छलफलसमेत भएको थियो । स्पष्टिकरणको जवाफसँगै अध्यक्ष ओलीलाई समेत प्रश्न सोध्ने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्