Logo
Logo

माधव नेपालसहित एमालेका चार नेताले बुझाए स्पष्टीकरण


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरुले पार्टीले मागेको स्पष्टीकरण बुझाएका छन् ।

वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी कार्यालय धुम्बाराहीमा स्पष्टीकरण बुझाएका हुन् ।

गत शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो । पार्टी महासचिव ईश्वर पोखरेलले नेपालसहित चार जनालाई स्पष्टीकरण मागेका थिए ।

एमालेका कार्यालय सचिव ईश्वरी रिजालले भने ‘स्पष्टीकरण पत्र प्राप्त भएको छ,’ । शनिबारको केन्द्रीय समितिको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले सोमबार चारजना नेताहरुको नाममा छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्