Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नेपाल समूहले ओलीसँग स्पष्टीकरण मागेकाे देखि कोरोनाको जोखिमले विद्यालयमा समारोह नगर्न निर्देशनसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेकपा एमाले वरिष्ठ नेता माधव नेपालसहित चार नेताले बुझाए पार्टीले सोधेको स्पष्टीकरण, नेपालद्वारा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही किन नगर्ने भन्दै सोधे प्रतिप्रश्न, नेता भीम रावलद्वारा ओलीमाथि भ्रष्टाचार गरेकाे देखि लगाए अन्य संगिन आरोप ।

२. प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाए संसदीय दलको बैठक, बैठकमा नजाने नेपाल पक्षको अडान, ओलीले बोलाएको बैठकको समयमा नै नेपाल पक्षले पनि बोलायो केन्द्रीय कमिटीको बैठक, निर्देशन अवज्ञा गरेका कारण थप कारवाही हुन सक्ने आंकलन ।

३. नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कोटेश्वरमा छलफल, एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतले गरेको निर्णयविरुद्ध शुक्रबार माओवादी केन्द्र पुनरावलोकनमा जाने, माओवादीको निर्णयमा नेपालले समेत दिए साथ ।

४. नेपालमा कोरोना महामारीको पुनः जोखिम बढेसँगै धमाधम सरकारले जारी गर्न थाल्यो निर्देशिका, सीसीएमसीद्वारा ९ बजेपछि रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय,नाकामा निगरानी र विमानस्थलमा कडाइ गर्न सम्बन्धित निकायलाई पत्राचार, शिक्षा मन्त्रालयद्वारा विद्यालयमा भीडभाड, सभा, सम्मेन, गोष्ठी नगर्न निर्देशन ।

५. कोरोनाको पुनः जोखिम बढेपनि सरकार लकडाउन गर्ने मनसायमा नरहेको अर्थमन्त्री विष्णु पौडेलद्वारा जानकारी, स्वास्थ्य मापदण्डको कडा रूपमा पालना गर्ने विषयमा भने निर्णय हुन सक्ने भनाइ, महामारीबाट थलिएको अर्थतन्त्र गतिशील बनाउने गरी बजेट ल्याउने अर्थमन्त्रीको दावी ।

६. कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका थारु अगुवा भेट्न गृहमन्त्री रामबहादुर थापा आफै पुगे, अगुवाले चौधरीको रिहाईको मागसहित बुझाए १९ बुँदे ध्यानाकर्षण पत्र, रिहाइको सन्दर्भमा छलफल र वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने गृहमन्त्री थापको प्रतिबद्धता ।

७. नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, चैत २० गते बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण्प्रसाद पौडेलद्वारा जानकारी, बैठकमा पार्टीको आगामी महाधिवेशन, सत्ता समीकरणका विषयमा छलफल हुने ।

८. साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१ अंक घटेर बन्द, नेप्से घटेर २ हजार ५ सय ४८ दशमलव ९६ विन्दुमा, ज्योति लाइफको आईपीओ शुक्रबार साढे १२ बजे बाँडफाँट हुने, करिब ६७ प्रतिशतले शेयर नपाउने, चन्द्रागिरीको शेयरमूल्य २ हजार नाघ्यो, एक महिनामा लगानीकर्ताले झण्डै २ हजार प्रतिशत कमाए ।

९. थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकियो,१० खेलाडीमा सिमित किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरी खेल्दा बंगलादेश पुग्यो फाइनलमा, नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने पक्का, सन् २०२२ मा कतारमा हुने विश्वकपबाट तीन विलियन पाउण्ड कमाउने विश्व फुटबल महासंघ फिफाको दावी ।

१०.र, भारतमा एकैदिन ५३ हजार बढी कोरोना संक्रमित थपिए, मुलुकमा संक्रमण बढ्न थालेपछि भारतले अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगायो, तत्काल कोरोना भ्याक्सिन निर्यात नगर्ने, ‘सी अफ जापान’ मा उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रहार ।

 

प्रतिक्रिया दिनुहोस्