Logo
Logo

सोमबार आउँदै चिनियाँ अनुदानको खोप


दृष्टि संवाददाता


काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने आठ लाख डोज कोभिडविरुद्धको खोप सोमबार काठमाडौं आउने भएको छ । बेइजिङस्थित विमानस्थलमा तयार अवस्थामा राखिएको खोप लिनका लागि चार्टर विमान आइतबार चीन जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनले गत १८ माघमा तीन लाख खोप सहायता गर्ने बताएपनि १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो ।

नेपालले हालसम्म २३ लाख डोज खोप प्राप्त गरेको छ । भारतले १० लाख डोज अनुदान दिएको थियो भने कोभ्याक्स सुविधामार्फत २२ लाख घोषणा गरेको भएपनि ३ लाख ४८ हजार डोज प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्