Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : ओलीले नेपाल र रावललाई कारवाही गरेकाेदेखि घरेलु मैदानमा नेपालले उचाल्यो अन्तर्राष्ट्रिय उपाधिसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलमाथि कारवाही, पार्टी गतिविधि विपरित काम गरेको संगीन आरोप लगाउँदै दुवैलाई पार्टीको ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बित, धनस्याम भूसाल र सुरेन्द्र पाण्डेलाई पुनः सोधियो स्पष्टीकरण ।

२. नेकपा एमाले अध्यक्ष केपी ओलीले गरेको कारवाही अमान्य भएको वरिष्ठ नेता माधवकुमार नेपालको प्रष्टोक्ति, ओलीलाई कारवाही गर्ने अधिकार नभएको नेपालको दावी, विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कारबाही गर्ने कुनै अधिकार नभएको तर्क, अवैधानिक अध्यक्षको निर्णय मान्य नहुने भीम रावलको चुनौती ।

३. प्रतिकुल मौसम र वातावरणका कारण मंगलबारदेखि चार दिन सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय, लामो समयको खडेरीले हावाले सुक्खा धूलो र धुवाँ लिएर आएकाले प्रदूषण बढ्दै गएको जल तथा मौसमविद्को भनाइ, केही भागमा देखिएको प्रदूषणका कारण देशभर एउटै निर्णय गर्न नहुने भन्दै सरोकारवाला निकायको असन्तुष्टी ।

४. सर्वोच्च अदालतद्वारा ललिता निवास जग्गा प्रकरणबारे माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने आदेश, न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुयालको इजलाशले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई नेतृत्वले गरेको निर्णयको सक्कल निर्णय झिकाउने आदेश ।

५. सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलब्ध गराएको चिनियाँ खोप नेपाल आइपुग्यो, चीन सरकारले नेपाललाई दिएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ भएको प्रधानमन्त्री केपी शर्मा ओलीको दावी ।

६. वागमती प्रदेशमा माओवादी केन्द्रले एमालेलाई दिएको समर्थन फिर्ता लिने, सरकारविरुद्ध प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग एकता गरेर सशक्त रुपमा प्रतिपक्षीको भूमिका निभाउने निर्णय, अविश्वासको प्रस्ताव तत्काल अघि नबढाउने निर्णय ।

७. नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै सरकार जुर्मुरायो, आइसोलेसन व्यवस्थापनका लागि सबै प्रदेशलाई स्वास्थ्य मन्त्रालयको निर्देशन, भारतबाट नेपाल आएका सबैलाई अनिवार्य १० दिन अनिवार्य आइसोलेसनमा राख्न समेत निर्देशन, सीमा नाकाको हेल्थ डेस्कबाट कोरोना पुष्टि भएकालाई यी १४ अस्पतालबाट सेवा दिइने मन्त्रालयद्वारा परिपत्र जारी ।

८. सोमबार सेयर बजारमा ५ अंकको गिरावट, कारोबार रकम समेत घटेर साढे चार अर्ब रुपैयाँ हाराहारीमा सीमित, एक सातामा बैंकहरूको कर्जा लगानी २८ अर्बले बढ्यो, निक्षेप संकलन १० अर्बले बृद्धि, लयमा फर्किएको भन्दै सुन आयात परिमाण कोभिड अघिकै जति पु¥याइँदै, दैनिक कोटा दोब्बर हुने, अभाव केही भए पनि कम हुने

९. नेपाली फुटबल टिमले ३७ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्यो, त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा बंगलादेशलाई दुई एक गोलले हराउँदै नेपालले घरेलु मैदानमा बर्षौ देखिको उपाधिको खडेरीलाई तोड्न सफल, ७३ खेलको कीर्तिमानसहित अन्तर्राष्ट्रिय फुटबलबाट सुखद रूपमा विदा भए विराज ।

१०.र, भारतमा संक्रमण वृद्धिमा यो वर्षको नयाँ रेकर्ड, एकैदिन ६८ हजार २०६ संक्रमित,पछिल्लो २४ घण्टामा त्यहाँ थप २ सय ९५ जनाको मृत्यु , म्यानमारमा शनिबार ९० भन्दा बढी प्रदर्शनकारीको सरकारी सुरक्षाकर्मीले हत्या गरेकै दिन सैन्य प्रमुखले भव्य पार्टी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो ।

प्रतिक्रिया दिनुहोस्