Logo
Logo

पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन


दृष्टि संवाददाता


काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

पाटन अस्पतालमा उपचाररत उनको राति ८ बजेर २० मिनेटमा निधन भएको नेकपा माओवादी केन्द्रका नेता गणेश साहले जानकारी दिए । उनको भोलि अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए । जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहेका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आए ।

विक्रम सम्वत् १९८९ मा जन्मिएका मान्नधर २९ वर्षसम्म नेकपा -संयुक्तको महासचिव थिए । नेपाली कांग्रेसबाट सुरु भएको उनले २०१० सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

उनका छोरा सुनिल मानन्धर नेकपा (माओवादी केन्द्र) का नेता छन् । यस्तै, उनका तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्