Logo
Logo

संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा : उपेन्द्र यादव


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लामो संघर्षपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको धरापमा परेको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी सशस्त्र विद्रोह र २०६२/६३ को आन्दोलनपछि प्राप्त भएको संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र धरापमा परेको बताएका हुन् ।

, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि जनताले वास्तवमा ठूलो आशा गरेका थिए । अब देश राजनीतिकरूपले संस्थागत भएर जान्छ भन्ने । तर, अहिले अर्कै अवस्था छ’, उनले भने, ‘प्रधानमन्त्रीजी यहीँ हुनु हुन्छ, मलाई मन्त्रिपरिषद्को यस्तो निर्णय सुन्दा दुख लागेको छ । यो गणतन्त्रको भविष्यमा चारैतिरबाट आशंका उत्पन्न भइरहेको छ ।्’

 

 

प्रतिक्रिया दिनुहोस्