काठमाडौं । नेपाली कांग्रेसका सांसद् प्रकाश रसाइली स्नेहीले प्रधानमन्त्री केपी ओलीलाई बझाङका जनताले आत्महत्या गर्ने कि चामल खान पाउने ? भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री ओलीले बालुवाटारमा बसेर जनताको दुःखको नृत्य हेरिरहेको टिप्पणी गरे । उनले भने, ‘बझाङको साइपाल गाउँपालिकाका उपाध्यक्ष कल्पनादेवी बोहराले गाउँका जनताले चामल खान पाएनन् भन्दै १० वर्षको दुधे बच्चा बोकेर संघीय सरकारका विभिन्न मन्त्रालयमा धाउनुभयो ।’
उनले जनता भोकभोकै मनुपर्ने अवस्था आइरहँदा प्रधानमन्त्री ओली ‘होली वाइन पिएर’ र सरकार टिकाउनका लागि सांसद खरिद बिक्रीको खेलमा लागेको समेत आरोप लगाए ।
उनले भने, ‘तपाईंको सरकार बनिसकेपछि १३ करोडको होली वाइन खानुभयो । तर, बझाङका जनताले चामल खान पाउने कि नपाउने ? प्रधानमन्त्रीसँग जवाफ माग्न चाहन्छु ।’