Logo
Logo

प्युठानमा जिप दुर्घटना : मृत्यु भएका दुवैको सनाखत


दृष्टि संवाददाता


गुल्मी । प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिपका चालक केशव कार्कीको मृत्यु भएको हो ।
बुधबार बिहान गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नजिकै दुर्घटना भएको थियो । गुल्मी प्रहरीका अनुसार जिपमा १४ जना सवार थिए । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका ९ कर्मचारी र उनका परिवार सवार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्