Logo
Logo

हुन्छ विद्याजीसँगै आउँला


राजेशकुमार अर्याल


राजेशकुमार अर्याल ।

यति प्यारो मायाको साथ
झल्को आउँछ नौ दिन नौ रात …….
.

रानीमहलमा रमाउँदै रवीन्द्र अधिकारी

‘तेजकुमारीको शोकमा यत्रो दरबार बनाउने कुरा खड्गशम्शेरको भावनामा किन आयो त ? कोही कोही मान्छेलाई किन आउँदैन ? जसको लभ परेकै छैन उसलाई यस्तो भावना आउँदैन । जसको साँचो लभ परेको छ उसलाई भावना आउँछ । केटाकेटी आउन्, बुढाबुढी आउन् । प्रेम गर्ने सबै सबै आउन् ।’ केटाकेटीको बेलाको मायाप्रेम, भर्खर विवाह गरेको मायाप्रेम, बुढाबुढी र झन् बुढाबुढीको मायाप्रेम अलगअलग हुन्छ । सबैको प्रेमलाई संझाइरहने र झस्काउने ठाउँ यस्तै हुन्छ । ताज महल जाने कारण त्यही हो । यो रानीमहलमा आउने कारण पनि प्रेम बनोस् रवीन्द्र अधिकारीको तर्क थियोे ।

खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा बनाएको रानीमहल । पाल्पाली संगमले काठमाडौँबाट पत्रकार, लेखक, कलाकारहरूलाई पाल्पाका ऐतिहासिक र प्राकृतिक मनोरमस्थल अवलोकन गराउन ल्याएको थियो । त्यो यात्रामा रहेको इन्द्रेणी परिवारले यात्राको क्रममा ठाउँका ठाउँ दोहरी गीत झिक्दै स्थानीय बासिन्दाहरूलाई नचाइरहेको थियो । तानसेनबाट बराङ्दी हुँदै झरेको इन्द्रेणी परिवार र तानसेनबाट बैकुण्ठे झरना हुँदै रानीघाटमा आइपुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सांगितिक माहौलमै जम्का भेट भयो । यही लोकलयमा रानीमहल परिसरमा कम्मर मर्काएर नाचेका थिए रविन्द्र अधिकारी । उनले रानीमहल अवलोकन गर्ने र रानीमहलसँग जोडेर प्रोफाइल फोटो मात्र खिचेनन्, कालीगण्डकीको जगमा बनेको रानीमहलमा उभिएर उनले घोषणा गरे– यसलाई संसारकै प्रेमी प्रेमिकाहरू आउने, मायाप्रेम गाँस्ने, मिलनलाई चिरस्थायी बनाउने प्रमुख पर्यटकीय गन्तव्यस्थल बनाउन सरकार प्रतिवद्ध छ ।
पाल्पालीको सपनासँग जोडिन आइपुगेका मन्त्री अधिकारीको निधनले जनताको मन भारी बनाएको छ । ताप्लेजुङको फुरुम्बु दारढुंगा तारेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी अधिकारीसहित ७ जनाको ज्यान गएको छ । तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरेर फर्किन लाग्दा भएको दुखद दुर्घटनालाई पाल्पालीहरूले मलिन अनुहार बनाउँदै टेलिभिजनको पर्दामा हेरिरहेका छन् । त्यो बेला रानीमहल कार्यक्रममा पुगेकाहरू मन्त्री अधिकारीको बोली र प्रतिवद्धता संझिरहेका छन् ।
कास्कीबाट पटकपटक निर्वाचन जितेका मन्त्री अधिकारीले आफ्नो मन्त्रालयले संघीयताको कार्यान्वयन गर्न थालेको बताएका थिए । उनले भनेका थिए, ‘आर्थिक विकास र समृद्धिको बाटोमा हिंड्न लागेका छौँ । कतिपयका सोचहरु केन्द्रीकृत छन् । यी सोच तपाईँ हामी मिलेर बदल्न आवश्यक छ । तीन वटै सरकार समन्वय र सहकार्यमा मात्र समृद्धि हासिल हुन्छ ।’ अधिकारीले प्रष्ट शब्दमा भने, ‘रानीमहल ऐतिहासिक र पुरातात्विक महत्वको सम्पदा हो । यो संस्कृति मन्त्रालयअन्तर्गत पुरातत्व विभागको स्वामित्वमा रहेको छ । रानीमहल नेपाल सरकारको तर्फबाट एक महिनाभित्र स्थानीय सरकार तानसेन नगरपालिकालाई हस्तान्तरण गर्ने घोषणा गर्दछु ।’ ‘मैले हिजो अस्ती सोचेको होइन । बाटोमा आउने क्रममा सोचे, सरसल्लाह गरे । रानीमहलको एक चरणको पुनर्निर्माणको काम सकिएको छ, केही काम बाँकी छन् । यसलाई हेर्ने नजिकको अभिभावक चाहियो । पालनपोषण गर्ने सरकार चाहियो ।’ यसरी उनले मन्त्रालय र विभागका अधिकारीहरू टेलिफोनमा छलफल गरेपछि रानीमहल नेपाल सरकारको तर्फबाट तानसेन नगरपालिकालाई हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।
रानीमहललाई कतिले प्रेमको प्रतीक भन्दछन् । माया र संझनाको चिनो पनि ठान्दछन् । अझ कतिपयले भारतको ताजमहलसँग पनि तुलना गर्दछन् । पोखरा र भैरहवामा आफ्नै अगुवाइमा बनिरहेको अन्तर्राष्ट्रिय विमानस्थल, कालीगण्डकीको तिरैतिर बनिरहेको कालीगण्डकी करिडोरको कारणले रानीमहलमा सबैको आँखा परेका छन् । मन्त्री अधिकारीले यहाँ भनेका थिए, ‘ब्रान्डिङ र बजारीकरण गर्न सकियो भने ताजमहलको नजिक नजिक पु¥याउन सकिन्छ यसलाई ।’
तानसेन नगरपालिकाका प्रमुख अशोक शाहीलाई देखाएर उनले भनेका थिए– साँच्चिकै प्रचारप्रचार गर्न सके यो नेपालकै पयर्टनको महत्वपूर्ण थलो हुनेछ । प्रेमीप्रेमिका मात्र होइन, सबै सबैजना आउने थलो बन्नेछ । ‘तपाईं आम्दानी गर्न पाउँनुहुन्छ । खड्ग शमशेरले कस्ता लुगा लगाएका थिए । कहाँ खान्थे, कहाँ सुत्थे, उनको पलङ, दराज, कुर्ची, टेबल कस्तो थियो, उनीले कस्तो बन्दुक बोक्थे । किवंदन्ती बनाउनु पर्छ । कथा बनाउनु पर्छ । अनि मात्र यसको महत्व सबैले बुझ्छन् । अहिले त यहाँ सिंगो दरबारबाहेक भित्र खोक्रो छ, हेर्ने कुरा केही छैन । अब त्यस्तो वस्तुहरुले रानीमहललाई सजाउनुस् । पर्यटक आउँदा संग्रहालयमा गएको अनुभव गरुन् । अंग्रेजी नेपाली र विभिन्न भाषामा कथा बनाएर विश्वभर प्रचार प्रसार गर्नुपर्छ । भएको कथालाई एकैदमै राम्रो बनाएर बेच्न सक्नुपर्छ । पर्यटन भनेकै वस्तु तथा सेवाको बिक्री हो ।’
विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका अधिकारीले कतिपय बेला अनौपचारिक भनौ कि आउट अफ ट्रयाक पनि बोले । प्रकृतिको सौन्दर्यतामा रमाएका उनले अलिकति प्रेमिल भएर पनि बोले । ‘तेजकुमारीको शोकमा यत्रो दरबार बनाउने कुरा खड्गशम्शेरको भावनामा किन आयो त ? कोही कोही मान्छेलाई किन आउँदैन ? जसको लभ परेकै छैन उसलाई यस्तो भावना आउँदैन । जसको साँचो लभ परेको छ उसलाई भावना आउँछ । केटाकेटी आउन्, बुढाबुढी आउन् । प्रेम गर्ने सबै सबै आउन् ।’ केटाकेटीको बेलाको मायाप्रेम, भर्खर विवाह गरेको मायाप्रेम, बुढाबुढी र झन् बुढाबुढीको मायाप्रेम अलगअलग हुन्छ । सबैको प्रेमलाई संझाइरहने र झस्काउने ठाउँ यस्तै हुन्छ । ताज महल जाने कारण त्यही हो । यो रानीमहलमा आउने कारण पनि प्रेम बनोस् रवीन्द्र अधिकारीको तर्क थियोे ।
जनसम्पर्क, जुझारू र सधै हँसमुख अधिकारीले आफै पर्यटनकर्मी जस्तो बनेर पनि नगरपालिकालाई सल्लाह दिए । ‘एउटा कोठाको ५ सय ÷१ हजार डलर लिनुस् । जोडी आए भने बच्चाबच्चा हुन्छ भन्नुस् । विच्छेद हुन लागेको जोडी आएर बास बसे परिवार मिल्छ भन्ने सन्देश फैलाउनुस् । सम्बन्ध अझ गाढा हुन्छ भन्ने बनाउनुस् । भावना जागृत गराउनुस् । एकातिर संग्राहलय बनाउनुस्, अर्कातिर केही कोठामा होटल चलाउनुस् । सञ्चालक समिति बनाउने, पैसा लिने, संरक्षण गर्ने र राम्ररी उपयोग गर्ने वातावरण बनाउनुस् ।’ योजनावद्ध प्रचारप्रसार गर्ने हो भने रानीमहललाई संसारका टप हनीमुन मनाउने गन्तव्यस्थल बनाउन सकिन्छ भन्ने सार मन्त्री अधिकारीको जोड रहेको थियो । उनले बोल्ने क्रममा भनेका थिए, ‘पाल्पा धेरै पटक आएको थिएँ, रानीमहल आएको थिएन । मेरो लागि यो सौभाग्य हो ।’ प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेय, नेकपाका युवा नेता ठाकुर गैरे, वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, प्रदेश सांसदहरु, जनप्रतिनिधिहरु सबै सहभागी कार्यक्रममा यो स्तम्भकारले सोध्यो । एक्लै होइन, प्राध्यापक विद्या भट्टराईलाई लिएर पनि आउनुप¥यो ।’ उनले फ्याट्ट जवाफ फर्काइहाले, ‘हुन्छ विद्याजीसँगै पनि आउँला रानीमहल ।’
पारिवारिक जोडी लिएर आउने उनको वचन पुरा हुन सकेन । यद्यपि, उनले बोलेको कुरा रानीमहल तानसेन नगरपालिकालाई हस्तान्तरण गर्ने र नेपालका १०० पर्यटकीय गन्तव्यस्थलमा रानीमहललाई पार्ने वचन भने पूरा गरेका छन् । नम्र बोली, शिष्ट व्यवहार, सबैसँग मिल्ने स्वभाव र सरल जीवनशैलीका कारण पनि रविन्द्र अधिकारीलाई पाल्पालीले मन पराएका थिए । मन्त्री भए तापनि अधिकारीले तानसेनका जनप्रतिनिधि, राजनीतिक नेता कार्यकर्ता, पत्रकार, कलाकार र सर्वसाधारणसँग पदको दम्भ रत्तिभर पनि देखाएनन् । अझ पत्रकारहरूसँग सामूहिक तस्विर खिचाउँदै भनेका थिए, फेसबुक र ट्वीटरमा छौँ । रानीमहलको फोटो पठाउनुहोला । प्रेमको प्रतीक रानीमहलले संघीय सरकारबाट संरक्षण, प्रवद्र्धन र सञ्चालनका लागि थप सहयोग गर्ने नेतृत्व कसले लिन्छ । रानीमहललाई अर्को ताजमहलको रुपमा विश्वमै विकास गर्ने राष्ट्रिय प्रण गरेका अधिकारीको त्यो बोली कसरी सार्थक होला । हरेक पाल्पालीले आफ्ना प्रिय मन्त्री रविन्द्रलाई इन्द्रेणीको त्यो गीतमा नाचिरहेको दृष्य चाहेर पनि भुल्न सकिरहेका छैनन् ।
वनको काफल वनको चरिलाई
तिम्रो माया दुई दिनेको भए नी मेरो माया जुनीभरीलाई ।
रवीन्द्र दाइप्रति हार्दिक श्रद्धाञ्जलि ।

प्रतिक्रिया दिनुहोस्