Logo
Logo

अत्यावश्यकबाहेक अन्तर्राष्ट्रिय विमानस्थल जान बन्देज


दृष्टि संवाददाता


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कोरोनाभाइसको जोखिम बढ्दै गएकाले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न अनुरोध गरेको छ । साथै,  स्वदेश तथा विदेशबाट आउनेजाने आफन्तजनलाई बिदाइ र स्वागतमा बन्देज लगाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी कोरोना संक्रमणबाट बच्न र आफ्ना कर्मचारीलाई सुरक्षित राख्नका लागि अनुरोध गरेको छ ।

विमानस्थल प्रवेश गर्दा सरकारले जारी गरेको स्वास्थ्यसम्न्धी मापदण्ड अनिवार्य पालना गर्न विमानस्थल प्रशासनले अनुरोध गरेको छ ।

अत्यावश्यक विमानस्थल आवात–जावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, शरीरको तापक्रम मापन गराउने, सेनिटाइजरको प्रयोग, लाइनमा तोकिएको सांकेतिक पाइलामा उभिनु पर्ने, आन्तरिक तथा वाह्य जाने यात्रुले ट्राभलर डिर्पाचर फर्म भर्नु पर्नेलगायतका नियम कार्यान्यवन गर्न सुचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्