Logo
Logo

एनएमबि बैंकद्वारा ६१ लाख रुपैयाँ बिमा दाबी भुक्तानी



काठमाडौं । एनएमबि बैंकले विभिन्न खाताहरूमा दुर्घटना र गम्भीर रोगहरूविरुद्घ प्रदान गरिने बिमा दाबी भुक्तानी दुर्घटना हुनासाथ र रोग पत्ता लाग्नासाथ प्रदान गरेको छ । बैंकले सहारा बचत खाताअन्तर्गत देशैभरिबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख ३ हजार रुपैयाँ बिमा दाबी भुक्तानी भइसकेको हो ।

बैंकले उक्त भुक्तानी इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्समार्फत गरेको जनाएको छ । बैंकको तलब खाता योजनामा शून्य मौज्दातमै नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्डका साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

सहारा खाता योजनामा नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम कार्ड, १० लाख रुपैयाँसम्मको दुर्घटना बिमाका साथै १८ घातक रोगहरूमा स्वास्थ्य उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको जनाइएको छ ।

बैंकले देशभरि १ सय ८१ शाखा, १ सय ३६ एटिएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्