Logo
Logo

गणपति लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः एनआईबीएल एस क्यापिटल नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । हालै बसेको संस्थाको सञ्चालक समितिको बैठकले बैशाख २४ गतेदेखि नै लागू हुने गरी एनआईबीएल एस क्यापिटललाई सेयर रष्ट्रिारमा पुनः नियुक्त गरेको हो ।

यससँगै एनआईबीएल एस क्यापिटलले आगामी एक वर्षसम्म संस्थाको सेयर रजिष्ट्रारको काम गर्ने छ । त्यस्तै, संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको लाजिम्पाटस्थित एनआईबीएल एस क्यापिटलमा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्