Logo
Logo

प्रदेश १ काे प्रदेशसभा बैठक माओवादीद्वारा अवरूद्ध


दृष्टि संवाददाता


माेरङ । प्रदेश १ को विपक्षी दल माओवादी केन्द्रले प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध गरेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हाे ।

सभामुख प्रदीपकुमार भण्डारीले सदन सुरु गर्ने बित्तिकै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले आ–आफ्ना सिटबाट उठेर सदन अवरुद्ध गरेका थिए । सदन अवरुद्ध गरेपछि सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दासमेत नबसेपछि २० गतेसम्मका लागि सदन स्थगित गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खड्काले विनियोजन विधेयकको भौतिक पूर्वाधार विषयको छलफलमा भाग लिँदै मन्त्री गुरुङलाई कमिसन खानेलगायतको आरोप लगाउँदै आलोचना गरेका थिए ।

आरोपको खण्डन गर्दै मन्त्री गुरुङले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्