Logo
Logo

जनकपुरमा मुख्यमन्त्रीको पुत्ला दहन


दृष्टि संवाददाता


धनुषा। प्रदेश २ काे राजधानी जनकपुरमा मुख्यमन्त्री लालबाबु राउतकाे पुत्ला जलाइएकाे छ ।

प्रदेश २ सरकारले ल्याएको मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा भएकाे प्रदर्शनमा राष्ट्रिय एकता अभियानका प्रदर्शनका क्रममा पुत्ला जलाइएकाे हाे । पुत्ला जलाउने बेला प्रहरीसँग  झडप  भएको थियो । विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको अभियानका अध्यक्ष विनय यादवले बताए ।

मुख्यमन्त्री कार्यालय अगाडिबाट निकालिएको बिरोध जुलुस जनक चोकमा गएर टुँगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्