Logo
Logo

माधव नेपाललाई अध्यक्ष स्वीकार्न सकिँदैन : ईश्वर पोखरेल


दृष्टि संवाददाता


काठमाडाैं । एमालेभित्र विवाद चलिरहँदा पार्टी महासचिव ईश्वर पाेखरेलले विधि र विधानभन्दा बाहिरकाे कुरा स्वीकार गर्न नसकिने बताएका छन् ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयदेखि विवाद चलिरहँदा महासचिव पाेखरेलले विवाद समाधानका लागि विभिन्न विकल्पको पनि खोजी भइरहेपनि विधि र विधानभन्दा बाहिरकाे कुरा स्वीकार गर्न नसकिने बताएका हुन् ।

शुक्रबार थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले एमाले विवाद समाधानका लागि गठित कार्यदलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा आफूहरूको जोड रहेको बताए ।

माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए । उनले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्