काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक भोली (शनिबार) बस्दैछ ।
एमाले महासचिव ईश्वर पोखरेलले भोली स्थायी कमिटी बस्न लागेको बताए । बैठकमा पार्टीलाई एकताबद्ध बनाएर अगाडी बढाउने विषयका साथै महाधिवेशन केन्द्रित छलफल हुने बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका बीचमा विवाद रहेको र विवादलाई समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउँने बिषयमा गृहकार्य भईरहेको छ । औपचारिक र अनौपचारिक छलफल जारी नै रहेकाले पार्टी भित्रको विवाद छिटै नै समाधान हुने नेताहरुको दावी छ ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बस्ने तयारी भएको तर अहिलेसम्म समय निर्धारण हुन नसकेको बताए ।











