Logo
Logo

एमाले स्थायी कमिटी बैठक स्थगित


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक भोली ३ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बस्ने गरी स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेकाले आजको बैठक स्थगित भएको हो । एमाले अध्यक्ष कपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरु पार्टी एकताका लागि आन्तरिक छलफल गरिरहेका छन् ।

एमाले उपाध्यक्ष डा.भीम रावलले आजको बैठक स्थगित गर्न आग्रह गरेपछि अध्यक्ष ओलीले भोलीसम्मका लागि बैठक स्थगित गर्न सहमत भएका हुन् । पार्टीलाई एकताबद्ध बनाउँने विषयमा छलफल चलिरहेकाले बैठक स्थगित गरेर भोली सम्मका लागि पर्खिने ओलीले रावललाई बताएको एमाले स्रोतको दावी छ ।

आजको बैठक शुरु हुनुभन्दा अघि आयोजित छुटाछुटै कार्यक्रममा सहभागि ओली र नेपालले एकअर्का विरुद्ध तिखोरुपमा प्रहार गरेका छन् । दोस्रो तहका नेताहरु पार्टीलाई एकताबद्ध बनाउँन लागि रहेकै बेला एकअर्का बिरुद्ध शिर्ष नेता नै उत्रिनुले पार्टी एकता झनझन बल्झिदै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्