Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : भारतीय ज्यादतीको विरोधदेखि एमालेमा आरोप-प्रत्यारोपसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. महाकली नदीमा नेपाली नागरिक जयसिंह धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले काट्दा नदीमा खसेर बेपता भएपछि भारतीय पक्षको चौतर्फी विरोध, राजनीतिक दल तथा विद्यार्थीबाट काठमाडौंमा प्रदर्शन, नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीयले हस्तक्षेप रहेको भन्दै विरोधमा उत्रन दलहरुको आह्वान, उक्त घटनामा आफ्नो संलग्नता नरहेको भारतीय पक्षको धारणा ।

२. महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा युवक बेपत्ता भएको घटना छानविन गर्न तीन वटा सुरक्षा निकायका अधिकारी घटनास्थलमा, शुक्रबार दार्चुलाको सदरमुकाम खलंगा आउने क्रममा दुइन काटिदिँदा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएपछि तीनै सुरक्षा निकायले छानविन गर्दै, घटनाको सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट जानकारी ।

३. वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिनेहरुलाई पार्टीमा ठाउँ नहुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालको आलोचना, पार्टीमा खुट्टा तान्नेहरु नरहेकाले अबको निर्वाचनमा सजिलै बहुमत ल्याउने दावी ।

४. केपी शर्मा ओली ‘फेरि प्रधानमन्त्री बन्न सक्छु कि’ भनेर जालझेलमा लागेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको आरोप, असंवैधासनक रुपमा दुई–दुई पटक प्रतिनिधि सभा विघटन गर्ने ओलीलाई अब जनताले तिरस्कार र कारवाही मात्र गर्ने धारणा, संविधान कुल्चिने प्रयास गर्ने जो कोहीविरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी ।

५. जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र नेता महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन, दलको नेता चयन गरको जसपा छिट्टै सरकारमा सहभागी हुँदै, अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना ।

६. नेपाली काँग्रेकामा १४औँ महाधिवेशनको सरगर्मी बढ्दो, सभापतिका उम्मेदवारबीच छलफल तथा बेटघाटले तीब्रता पायो, सभापति तथा प्रधानन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका बलिया उम्मेदवार, दोस्रो तहका नेता पनि सभापतिको दौडमा, सभापतिको दौडमा रहेका विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता, पहिलो पुस्ताबाट नेतृत्व खोस्नुपर्ने बिषयमा छलफल ।

७. लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन नवनियुक्त प्रदेश प्रमुखसँग अमिक शेरचनसँग विपक्षी दलको आग्रह, प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जनाको समर्थन रहेको र सरकारलाई ३८ जनाको मात्र समर्थन रहेकाले नयाँ सरकार गठनको प्रकृया थाल्न माग, संविधान र कानुनसम्मत भए नभएकोबारे अध्ययन गरी निर्णय गर्ने प्रदेश प्रमुख शेरचनको प्रतिवद्धता ।

८. लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकममा वृद्धि, साताभर कूल २२५ कम्पनीद्धारा ६७ अर्ब ७४ करोड ६ लाख ३९ हजार १ सय ४५ रुपैयाँ बराबरको कारोबार, कूल १६ करोड ७५ लाख ६६ हजार ११४ कित्ता शेयर कारोबार, लगातार उकालो लागेको नेप्से ऐतिहासिक बिन्दु कायम गरी ३ हजार १०० को बिन्दुमाथि, बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएको तथा अधिक तरलता रहँदा शेयर बजारमा सकारात्मक प्रभाव ।

९. जापानमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा, जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल, चीन हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गर्न सफल ।

१०. टोकियो, साइतामा, चिबा, कानागावा, ओसाका, होक्काइदो, इशिकावा, ह्योगो र फुकुओका प्रिफेक्चरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै जापान सरकारद्धारा अगस्त ३१ सम्मका लागि स्वास्थ्य संकटकाल घोषणा, जुलाई २९ मा सार्वजनिक पछिल्लो २४ घण्टाको तथ्याङ्कमा राजधानी टोकियोमा मात्रै ३ हजार ८ सय ६५ व्यक्तिमा कोभिड–१९ पुष्टि, जापानभर पछिल्लो २४ घण्टामा १० हजार ६ सय ९९ संक्रमित ।

प्रतिक्रिया दिनुहोस्