Logo
Logo

विकिलिक्सका संस्थापक जुलियन आसान्ज पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ चैत ।
विकिलिक्सका संस्थापक जुलियन आसान्ज पक्राउ परेका छन् ।
बेलायत प्रहरीले बिहीबार लन्डनमा रहेको इक्वेडरको दुतावासबाट उनलाई पक्राउ गरेको हो । वेष्टमिनिस्टर प्रहरीका अनुसार उनलाई अहिले हिरासतमा राखिएको छ । अदालतमा उपस्थित हुने म्याद गुजारेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


उनी सन् २०१२ देखि इक्वेडरको दुतावासमा शरणमा बसिरहेका थिए । स्वीडेनमा यौन दुर्व्यवहार मुद्दा लागेपछि उनी शरणमा बसिरहेका थिए । उनले अन्तर्रा्ष्ट्रिय सन्धीहरुलाई लगातार उल्लंघन गरेपछि उनको शरण अन्त्य गरिएको इक्वेडरका राष्ट्रपति लेनीन मेरोनोले बताएका छन् ।

इक्वेडर दुतावासले उनको शरण अन्त्य भएको जानकारी गराएपछि बेलायत प्रहरीले दुतावासमै गएर उनलाई पक्राउ गरेको हो ।
गोप्य अमेरिकी रिपोर्टहरु विकिलिक्समार्फत सार्वजनिक गरेपछि उनी चर्चित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्