Logo
Logo

लुम्बिनीमा एमाले संसदीय दलको बैठक सुरू


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बैठक सकिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद बैठकलगत्तै पार्टी संसदीय दलको बैठक राखेका छन् ।

बुधबार बिहान मुख्यमन्त्री पोखरेल निवासमा मन्त्रिपरिषद बैठक बसेको थियो । मन्त्रिपरिषद बैठकमा के छलफल भयो र निर्णय के गरियो भन्नेबारे खुलाइएको छैन ।

केहीबेर अगाडिदेखि नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आफूविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सामाना गर्ने कि राजीनामा दिने भन्नेबारे निर्णय लिन मुख्यमन्त्री पोखरेलले बैठक बोलाएका हुन् ।

आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दैछ । यो बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

मुख्यमन्त्री पोखरेलका पक्षमा ३८ र विपक्षमा सभामुखसहित ४२ जना सांसद छन् ।

यो पनि

प्रतिक्रिया दिनुहोस्