Logo
Logo

रेमिट्यान्स सेवा प्रदायक कम्पनी पनि मर्ज हुने



काठमाडाैं । रेमिट्यान्स सेवाप्रदायक कम्पनीहरुलाई पनि मर्जरमा लगिने भएकाे छ । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को गर्दै गभर्नर महाप्रसाद अधिकारीले रेमिट्यान्स सेवा प्रदायक पनि मर्ज गर्न सकिने व्यवस्था गरिएकाे जानकारी दिए ।

‘बिप्रेषण सेवा प्रदायक कम्पनीहरुलाई थप सुदृढिकरण एक आपसमा गाभ्न र गाभिन तथा प्राप्तिमा सहभागी हुन आवश्यक व्यवस्था मिलाइने छ,’ गभर्नर अधिकारीले भने ।

रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरु धेरै भएको भन्ने गुनासो भइरहेको बेला राष्ट्र बैंकले मर्जरको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्