Logo
Logo

अफगानिस्तानका नेपालीको उद्धार गर्न निर्देशन दिइसकेको छु: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अस्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने पनि बताएका छन् ।

अफगानिस्तानमा रहेको नेपालीहरुको बारे सरकार गम्भीर रहेको बताउँदै देउवाले भने, ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्