Logo
Logo

छैन कोरोनाको डर, भक्तजनलाई पशुपतिको भर !



तस्विर: रातोपाटीबाट

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर नसकिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरको चेतावनी दिइसकेको छ ।

पछिल्लो समय नेपालमा नयाँ भेरियन्ट फैलिएसँगै दैनिक ३ हजार भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । यसबीच सरकारले जारी खुकुलो निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेको छ ।

देशमा कोरोना सङ्क्रमण पुनः बढ्दो देखिएता पनि सर्वसाधारणले भने यसलाई बेवास्ता गरिरहेका छन् ।

काठमाडौँ उपत्यकाका तीन वटै प्रशासन कार्यालयले आगामी ८ गतेसम्मलाई लागू हुने गरी निषेधाज्ञा जारी गरिसकेको छ । जसमा पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न नपाउने समेत भनिएको छ ।

तर साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा भने मानिसहको भिड लागेको छ । यसले प्रशासनको निषेध आदेश कागजमा मात्र सीमित भएको पुष्टि भएको छ । कतिपय मानिसले त मास्क नै नलगाई भिडभाडमा हिडिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्