Logo
Logo

अफगानिस्तानमा रहेका नेपालीको यथाशीघ्र उद्दार गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको यथाशीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको हो ।

सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ ।’

सरकारले त्यसका लागि सम्बन्धित निकायहरुले समन्वय गरी कार्यअघि बढाउन निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्