Logo
Logo

प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त



काठमाडौं । सरकारले प्रदेश नं. २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रदेश २ का प्रमुख डा. राजेश अहिराज झालाई हटाएर नेपाली काँग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हरिशंकरलाई प्रदेश प्रमुख बनाउँने बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । झालाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

प्रदेश २ को प्रमुखमा नियुक्त मिश्र २०४८ सालमा प्रतिनिधिसभा सदस्य थिए । मिश्र काँग्रेस पूर्व केन्द्रीय सदस्य पनि हुन् । पछिल्लो समय मिश्र राजनीतिमा सक्रिय छैनन् ।

प्रतिक्रिया दिनुहोस्