Logo
Logo

‘भूपू गोर्खाको मग सम्बोधन गर्न उच्चस्तरिय वार्ता समिति बनाउनुपर्छ’



काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभाको बसेको बैठकमा रावलले दश दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुको मग सम्बोधनका लागि बेलाय सरकारले वार्ता टोली समेत नबनाएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘विभिन्न मागसहित दश दिनदेखि उहाँहरु आमरण अनसनमा हुनुहुन्छ । उहाँहरुको स्वास्थ्य स्थिति बिग्रिएको छ । बेलायती सांसदहरुले समेत उहाँहरुको मागबारे सचेत गराइसकेको अवस्था छ । सरकारले उच्चस्तरिय वार्ता समिति बनाएर बेलायती सरकारसँग कुरा गर्न आवश्यक छ ।’

परराष्ट्र मन्त्रालयले भूतपूर्व गोर्खाहरुले आमरण अनसन गर्न सुहाउने कुरा होइन भनेर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पत्र पठाएको सांसद रावलले बताए । उनले भने, ‘आफ्ना देशका नागरिकहरुको हकहितमा जोडदार आवाज उठाउनुपर्नेमा आफ्ना न्यायोजित माग उठाउने भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्ने गतिविधि गर्नु खेदजनक हो ।’

सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनबारे के भइरहेको छ? भन्ने संसदलाई जानकारी गराउन माग गरिरहेका छन्। समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक भुपू गोर्खा सैनिकले आमरण अनशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्