Logo
Logo

किन उठेन काठमाडौंका सडकमा थुपारिएका फोहोर ?



काठमाडौं । केही दिन देखि काठमाडौं उपत्यकामा फोहोरको दुर्गन्थ फैलिएको छ । सडकमा थुपारिएका फोहोरबाट दुर्गन्ध समेत आउन थालेको छ । तर, पनि फोहोर उठ्न सकेको छैन ।

काठमाडौँ महानगरपालिकाले भने केही दिन अझै फोहोर उठ्न नसक्ने जानकारी दिएको छ । फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी पाएपनि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइट पुग्ने सडक बिग्रिएको भन्दै महानगरपालिकाले तत्काल फोहोर उठाउन नसक्ने जानकारी दिएको छ ।

निरन्तरतको झरीले ल्यान्डफिल्ड साइट पुग्ने सडक बिग्रिएको र मर्मतका लागि समय लाग्ने भन्दै महानगरले घरबाट फोहोर बाहिर ननिकाल्न सर्वसाधारणलाई अपिल समेत गरेको छ ।

तर, सडकमा फालिएका फोहोरबाट फैलिएको दुर्गन्धले बिरामी हुने सम्भावना बढेपनि सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्