Logo
Logo

बजारमा चहलपहल बढ्दो छ, व्यापार छैन



काठमाडौं । निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन नसको व्यापारीहरू बताउँछन् ।

खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा खासै कमिी नआए पनि लत्ताकपडा, फेन्सी पसल, विद्युतीय सामग्री, हस्तकलालगायत वस्तुको व्यापार अहिले पनि करीब १० प्रतिशत मात्र रहेको बताइएको छ । काठमाडौंको असनमा फेन्सी कपडाको व्यापार गर्दै आएका नगेन्द्र श्रेष्ठले बजारमा मान्छेहरूको चहलपहल बढेअनुसार व्यापार नभएको बताए ।

‘महामारीको असरले गर्दा उपभोक्ताको क्रयशक्ति घटेका कारण बजार खुले पनि व्यापार हुन नसकेको हो,’ उनले भने । यो समय फेन्सी कपडाको व्यापार राम्रो हुने समय भए पनि महामारीको असरले बजारलाई अस्तव्यस्त बनाएको उनको भनाइ छ । अहिलेको समयमा अझ बढी प्रभावित भएको र उपभोक्ता नै शून्यजस्तै भएको बजार हस्तकला सामग्रीको हो ।

विदेशी पर्यटक र निर्यातका भरमा व्यापार हुने हस्तकला सामग्रीको बजार पूरै अस्तव्यस्त भएको छ । एकातिर विदेशी पर्यटकको आगमन नहुँदा नेपालमा यसको व्यापार शून्य नै छ भने अर्कातिर निर्यात व्यापार पनि प्रभावित हुँदा स्थिति झनै नाजुक बन्न पुगेको वसन्तपुरमा हस्तकला सामग्रीको व्यापार गर्ने गोपाल तण्डुकारले बताए ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्