भारतले धौलीगंगा बाँधका ढोका खोल्दै « Drishti News – Nepalese News Portal
Logo

भारतले धौलीगंगा बाँधका ढोका खोल्दै


दृष्टि संवाददाता


दार्चुला । भारतले धार्चुला तहशिलको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोल्ने भएको छ । बाँधका ढोकाहरु खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

ड्याम सरसफाईका लागि बाँधका ढोकाहरु खोलिन लागेको जानकारी भारतको एनएचपीसी लिमिटेडले जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । एनएचपीसीले बाँध खोल्नेबारे पत्राचार गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

विहीबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बाँधका ढोका खोलिने उनले बताए । २०७० सालमा भारतले नेपाली पक्षलाई जानकारी नदिएर बाँधका ढोका खोल्दा दार्चुला सदरमुकाम खलंगामा बाढी आएर ठूलो क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्