
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाब खुलेको छ ।
गएराति करिब ८ बजेतिर पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाब आज बिहानबाट खुलेको हो ।
गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीका अनुसारन राति १२ बजेतिरदेखि खोलाको एक छेउबाट थुनिएको खोलाको बहाव आफैं विस्तारै खुलेर गएको हो । रातभरिमा पानीको बहाब खुलेको र अहिले खोला साविकको अवस्थामा आइसकेकोले हाललाई जोखिम टरेको उनले जानकारी दिए ।
गएराति अचानक पहिरो खसेर खोला थुनिएपछि किम्रोङ खोला एवं मोदीखोला तटीय क्षेत्रका नागरिकलाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेका थिए ।















