Logo
Logo

नेकपा समाजवादीद्धारा ‘हाइ कमाण्ड’ गठन

सरकारमा जाने मन्त्रीको नाम केही दिनमै टुंगो लगाउने



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बुधबार निर्वाचन आयोगबाट आधिकारिता पाएको छ । आधिरिकता पाएसँगै सो पार्टीले राजनीतिक तथा संगठनात्मक गतिविधि अगाडि बढाएको छ ।

आधिकारिकता पाएलगत्तै नेकपा समाजवादीले माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल रहेको पाँच सदस्यीय ‘हाइ कमाण्ड’ गठन गरेको छ । हाइ कमाण्डले तत्कालका लागि पार्टीका सम्पूर्ण निर्णय गर्नेछ ।

हाइ कमाण्डले तत्कालका लागि पार्टीको राजनीतिक तथा सांगठानिक गतिविधिसहित सरकारमा रहभागी हुने मन्त्री छान्ने, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।

सरकारमा सहभागी हुन केही दिन लाग्ने

माधव नेतृत्वको पार्टीले आधिकारिकता नपाएका कारण मन्त्रिपरषदले पूर्ण पाउन सकेको छैन । तर, आधिकरिता पाइसकेकाले अब केही दिनमै नेकपा समाजवादीले मन्त्रीको नाम सिफारिस गर्ने तयारी गरेको छ । ‘हाइ कमाण्ड’ले छलफल अघि बढाएकाले केही दिनमै पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो नेकपा समाजवादीका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्